काँग्रेसलाई उछिन्दै एमाले बन्यो धनी दल

काठमाडौं : राजनीतिक दलले आम्दानी र खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

आयोगमा राजनीतिक दलले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण अनुसार नेकपा (एमाले) सबैभन्दा धनी दल रहेको छ।

Alital

संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस निरन्तर दुई वर्षदेखि घाटामा गएको छ ।

नेकपा (माओवादी केन्द्र) को आम्दानी घटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आम्दानीको दोब्बर खर्च गर्दा करिब पौने दुई करोड रुपियाँले घाटामा गएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले आव समाप्त भएको छ महिनाभित्र राजनीतिक दलले आयव्ययको लेखा परीक्षण गर्नुपर्ने र सोको एक महिनाभित्र निर्वाचन आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

सो व्यवस्थाबमोजिम माघभित्र ८८ राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन बुझाएको छ । गोरखापत्रमा खबर छ ।

kirsi Gyan
Leave A Reply

Your email address will not be published.