बोहरा मेडिको सेन्टर

घटाल माविको ६८औं वार्षिकोत्सब, पूर्वमन्त्री बोहराले गरे उद्घाटन

dream cafe
learnar

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका-३ नुवाकोटमा अवस्थित घटाल माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।

आइतबार कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री गोविन्दराज बोहराको प्रमुख आतिथ्यतामा तथा विद्यालयका अध्यक्ष केशव सेटीको अध्यक्षतामा वार्षिकोत्सव मनाइएको हो।

CNA

सो अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्नुका साथै उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई पनि पुरस्कृत गरिएको थियो।

विद्यालयमा अक्षयकोष स्थापना गर्ने व्यक्ति तथा अन्य माध्यमबाट सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा अभिभावकको उपस्थितिमाझ विद्यार्थीले रचनात्मक नृत्य, गीत र नाटकमार्फत आआफ्ना प्रतिभा प्रस्तुत गरेका थिए।

GBL NEW

विद्यालयका प्रधानाध्यापक गणेशबहादुर साउदले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा नियमित पठनपाठनलाई प्रविधियुक्त बनाउँदै विद्यार्थीका प्रतिभा उजागर गर्ने खालका गतिविधिमा जोड दिइएको जानकारी दिए।

अमरगढी नगरपालिका-३ का वडाध्ययक्ष तीर्थबहादुर ऐरले विद्यालयको विकासका लागि वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि बोहराले आफू मन्त्री भएको बेला झन्डै ३ करोड बराबरको बजेट विद्यालयमा हालेको स्मरण गरे।

उनले अहिले आफू सांसद नभए पनि विद्यालयको विकासका लागि लागि परेको बताए।

सोही अवसरमा उनले विद्यालयको छात्रावास र दुई चारकोठे भवनको उद्घाटन समेत गरे।

वार्षिकोत्सवमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.