बोहरा मेडिको सेन्टर

भूमि आयोग डडेल्धुराका सदस्यद्वारा शपथ तथा पदभार ग्रहण

dream cafe
learnar

डडेल्धुरा: भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि गठित भूमि आयोग डडेल्धुराले पूर्णता पाएको छ।

GBL NEW

आज (मंगलबार) तीन जना सदस्यहरूलाई अध्यक्ष कैलाशाकुमार पाण्डेयले शपथ तथा पदभार ग्रहण गराएसँगै आयोगले पूर्णता पाएको हो।

CNA

आयोगका विज्ञ सदस्य इन्द्रबहादुर महरा, हरिप्रसाद भट्ट र महिला सदस्यमा मन्जुदेवी धामीले शपथ तथा पदभार ग्रहण गरे। अध्यक्ष र तीन जना सदस्य नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको सरकारले नियुक्त गरेको हो।

यस्तै, आयोगको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि , मालपोत कार्यालयका प्रमुख, डिभिजन वन कार्यालयका प्रमुख , नापी कार्यालयका प्रमुख र जिल्ला समन्वय कार्यालयका समन्वय अधिकारी जम्मा ९ सदस्यीय समिती रहने व्यवस्था छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.