डडेल्धुरा : डडेल्धुरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कालीप्रसाद जोशी मृत भेटिएका छन्।
उनी अमरगढी नगरपालिका-२ कुस्माली भन्ने ठाउँमा आज (शनिबार) दिउँसो मृत फेला परेका हुन्।

अमरगढी नगरपालिका-२ भेल घर भएका जोशी फागुन १ गतेदेखि सम्पर्कविहीन थिए।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जोशी मृत फेला परेको बताए।
उनकाअनुसार प्रहरी घटनास्थलमा पुगेको छ। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ।