कार्यसम्पादन मूल्यांकनमा डडेल्धुराको अमरगढी ‘नम्बर वान’

dream cafe
learnar

डडेल्धुरा : स्थानीय तहको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सार्वजनिक भएको छ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा डडेलधुराको अमरगढी नगरपालिका नम्बर वान स्थानीय तह भएको हो।

GBL NEW

अमरगढी नगरपालिकाले ८१.७ अंक ल्याएको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

यस्तै उत्कृष्ट ५ स्थानीय तहमा अमरगढी सँगै इलामको सूर्योदय नगरपालिका, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका र आँधीखोला गाउँपालिका रहेका छन्।

इलामको सूर्योदय नगरपालिकाले ८०.२ अंक ल्याएको छ भने अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाले ८०.१, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ७८.२, स्याङ्जाको आँधिखोला गाउँपालिकाले ७८ अंक ल्याएको छ।

स्थानीय तहको शिक्षा, स्वास्थ्य, आन्तरिक आय, पुँजीगत खर्चको अवस्था, कूल विनियोजन रकमको अवस्था, संकलित करबाट प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने रकम जम्मा गरे नगरेको अवस्था, पूर्ण खोप कार्यान्वयन, गर्भवती महिलाको जाँचको अवस्था लगायतका सूचकहरुमा आयोगले मूल्यांकन गर्ने व्यवस्था छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.