डडेल्धुरामा जागरण भेला गर्ने रावलको इच्छा, कस्ले राख्देला ?

dream cafe
learnar

डडेल्धुरा : मातृभूमि जागरण अभियानका प्रस्तावक डा. भीम रावलले डडेल्धुरामा जागरण अभियानको कार्यक्रम राख्न आग्रह गरेका छन्।

हिजो (बुधबार) डडेल्धुरा पुगेका उनले  होटल राइनोमा राजनीतिक भेटघाटका क्रममा डडेल्धुरामा कार्यक्रम राख्न आग्रह गरेका हुन्।

GBL NEW

भेटघाटमा उनले आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरेको बताइन्छ।

रावल भेट्न पुगेका एक नेताले भने,  ‘उहाँ (रावलले) फेरि अघिल्लो भेट जस्तै अभियानमा सहयोग गर्नुस् भन्नुभयो। हामीले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा तपाईंको साथमा छाैं भने।’

उनकाअनुसार रावलले डडेल्धुरामा जागरण भेलाको कार्यक्रम राख्न चाहेका छन्।

रावलले कार्यक्रम राखेर आफूलाई बोलाउन आग्रह गरेको उनले सुनाए।

उनलाई भेट्न नेपाली काँग्रेस वीपीका नेताहरूको बाहुल्यता रहेको थियो भने केही अन्य दलका नेता समेत सहभागी थिए।

‘रावलले कार्यक्रमको लागि आग्रह गर्नुभएको थियो, तर, कसले राख्देला र कार्यक्रम ? तत्काल सम्भव छैन्।’ उनलाई भेट्न पुगेका अर्का नेताले भने।

रावल दार्चुला र बैतडी जिल्लाको राजनीतिक भेटघाट सकेर धनगढी जाँदा डडेल्धुरामा राजनीतिक भेटघाट गरेको थिए।

नेकपा एमालेबाट विद्रोह गरेका डा. भीम रावल यतिबेला ‘मातृभूमि जागरण अभियान’का साथ गृह प्रदेश सुदूरपश्चिमको दौडधुपमा छन्।

पुस १७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले जागरण अभियान घोषणा गरेका थिए।

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले रावललाई पुस १० गते पार्टीको सङ्गठित सदस्य नै नरहने गरी निष्कासन गरेको थियो।

लगत्तै रावलले आफ्नै अगुवाइमा मातृभूमि जागरण अभियान सुरु गरेका थिए।

एमालेबाट विना कारण कार्बाहीमा परेपछि रावल माघ ३ गते गृहप्रदेश धनगढी पुगे।

विमानस्थलबाटै उनी अछाम पुगे।  त्यसपछिका करिब महिना दिन रावलले अछाममै बिताए।

अछाममा महिना लामो बसाइपछि रावलले प्रदेशस्तरीय जागरण भेला पनि माघ २७ गते धनगढीमा आयोजना गरिसकेका छन्।

अब उनले झापाबाट अभियान थाल्ने  तयारी गरेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.