श्रेणी विहीनमा नेताका आसेपासे, अन्तर्वार्तामा गीत !

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा आफूखुसी कार्यकर्ता भर्ना गरेको आरोप लागेको छ।

डडेल्धुरा अस्पतालले स्वीपर (श्रेणी विहीन) मा आफूखुसी राजनीतिक पहुँचमा कार्यकर्ता भर्ना गरेको आरोप लागेको हो।

Amargadhi Education

अस्पतालले माघ २३ गते प्रकाशित गरेको नतिजा निश्पक्ष नभएको र राजनीतिक पहुँचमा कार्यकर्ता भर्ना गरिएको आरोप सर्वत्र छ।

डडेल्धुरा अस्पतालले माघ ११ गते स्वीपर (श्रेणी विहीन) आवश्यकताको सूचना प्रकाशित गरेको थियो।

१० जनाको सिटमा एकसय ३१ जनाले आवेदन दिएका थिए। तर, नतिजा प्रकाशन गर्दा प्रत्यक्ष राजनीतिमा जोडिएका नेताका श्रीमती र तीनका आसेपासे भर्ना गरिएको छ।

राजनीतक पहुँचमा स्वीपर बनेकाहरु झाडो लगाउन लाज मानेर अस्पताल पछाडि लुक्ने गरेको दृश्य समेत देखिने गरेको स्थानीय भुवन भण्डारी बताउँछन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डडेल्धुरा अस्पताल डडेल्धुरामा नव नियुक्त स्वीपरहरु झाडो लगाउन लाजले अस्पताल भवनको पछाडि झाडे जस्तै गरि एकछिनमै लुकेको दृश्य देख्न पाइयो भने यस्ता कामचोर कर्मचारीले भाेलिका दिनमा कसरी काम गर्नेछन् हेर्दै जाम…।’

एकजना आवेदकले आफूलाई अन्तवार्तामा गीत गाउन लगाएको बताइन्। नाम नबताउने सर्तमा उनले भनिन, ‘विषयभन्दा बाहिर गएर मलाई गीत गाउन लगाइयो। तिम्रो स्वर राम्रो छ कलाकार बन भन्यो।  गीत गाउन लगाइएकोमा म असन्तुष्ट छु। अर्को पटक बनाउछन् कि भन्ने आशा छ।’

स्रोतका अनुसार स्वीपरमा श्रीमती र आसेपासे बनाउन केही दलका नेता र पूर्वमन्त्रीले समेत दबाब दिएको बताइन्छ।

के भन्छन् राजनीतिक दलका नेता ?
राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराका अध्यक्ष राजेन्द्र भण्डारीले भन्दाका बखत गरिब र पीडित व्यक्तिहरू राखिने कुरा गरेपनि अस्पताल विकास समितिले नियुक्त गरेका कर्मचारीको नामावली हेर्दा नेताका आसेपासे र नातावाला भर्ना गरिएको बताए।

अजयमेरु फाैजी केरा

नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य डम्बर साउँदले स्वीपर पदमा अस्पतालले बाहिर राजनीतिक आग्रहप्रवाह गरेको भन्ने गन्ध आएकोले अस्पतालका लागि दुर्भाग्य हुने बताए।

उनले पहुँचको भरमा भन्दा पनि समाजमा पछाडी परेका गरिखाने बर्ग र स्वीपरमा काम गर्न नलजाउने व्यक्तिलाई राख्नु पर्ने बताए।

नेकपा माओवादी केन्द्र डडेल्धुराका संयोजक उमेशप्रसाद भट्ट ‘विकास’ले अहिले स्वीपर भर्ना गर्नुपर्ने आधार र आवश्यकता नै नभएको बताए।

उनले भने, ‘स्वास्थ्य सचिवका अनुसार डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसार डाक्टर छैनन् भन्ने जानकारी आएको छ। बजेट सुनिश्चितताको आधार कमजोर भएको समयमा कर्मचारी भर्नामा जोड दिनु त्यति उचित लाग्दैन्।’

उनले नियम पूर्वक नभइ एकलौटी र राजनीतिक पूर्वाग्रहबाट श्रेणी विहीन कर्मचारी भर्ना गरिएको कुरा आफैमा लज्जाष्पद भएको.बताए।

नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले बजार हल्लामा राम्रो मान्छे आएन जथाभावी भयो भन्ने कुरा आएको बताए।

उनी भन्छन्, ‘बाहिर हल्ला आएजस्तो हो भने अस्पतालले आगामी दिनमा सच्चिएर जानु पर्छ। हामीले राजनीति गरेका छैनौं। नेतृत्व गरिरहेका मान्छेहरुले गरेका होलान्। तर, अरु पार्टीको भाग लाग्यो भन्ने मार्केट हल्ला गलत हो।’

नेपाली काँग्रेसका सहसचिव प्रेम महरले पार्टीले आधिकारीक रुपमा भर्नामा दबाब नदिएको बताए। उनले भने, ‘मलाई व्यक्तिगत रुपमा खासै थाह छैन्। कुनै नेताले आफ्नो नजिकको मान्छे राखेको छ भने त्यो गलत हो।’

यस्तो भन्छन् अस्पताल विकास अध्यक्ष ओझा

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बाहिर आएको हल्ला गलत भएको बताए।

उनले भने, ‘हामीलाई कसैले प्रेसर गरेन्, राजनीतिक आग्रह पनि छैन्। पदपूर्ती समितिले छनोट गरेको हो। बाहिर आ–आफ्नो किसिमले मान्छे भन्छन्।’

स्थानीयलाई र स्वास्थ्य सम्बन्धि ज्ञान भएका मान्छेलाई प्राथमिकता दिइएको उनको भनाइ छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.