बोहरा मेडिको सेन्टर

नेपाल यू–१९ टोलीको खराब प्रदर्शन, ८ ओभरमै गुमायो ३ विकेट

dream cafe
learnar

डडेल्धुराः नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ।

अजमानको इडन ग्रार्डेन ओभलमा ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ। नेपाली टोलीले ८.२ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर २५ रन बनाएको छ। नेपालका ओपनर दीपक बोहोरा ईनिङको पहिलो बलमा नै आउट भए।

CNA

यस्तै अर्जुन कुमाल १५ बल खेल्दै ३ रन बनाएर क्याच आउट हुन पुगे भने आकाश त्रिपाठी १३ बलमा ९ रन बनाएर आउट भए।

GBL NEW

सुरुआती चार खेलमा अपराजित दुवै टोली आज जित निकाल्ने योजनामा छन्। समान अंक रहे पनि यूएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ।

नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ।

नेपाल २०१६ पछि यू–१९ विश्वकप खेल्ने सोचमा हुनेछ। यूएईसँग नेपाल २०१९ मा भोगेको एक रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ।

मलेसियाको किनारारा ओभल क्रिकेट एकेडेमीमा नेपाल २०१९ अप्रिल १३ मा युएईसँग डीएल मेथडका आधारमा एक रनले पराजित भएको थियो ।

Ddl dental
Leave A Reply

Your email address will not be published.