नेपालले घरेलु टोली क्यानडासँग खेल्दै, यस्तो छ सम्भावित–११

dream cafe
learnar

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोली क्यानडा टोलीको सामना गर्दैछ।

पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले मंगलबार क्यानडाको सामना गर्न लागेको हो। किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरू हुनेछ।

GBL NEW

दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद् सुरुआत गर्ने लक्ष्य लिएको छ।

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय बुधबार हुनेछ।

विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले क्यानडाको भ्रमण गरेको हो।

यसअघि नेपाली टोलीले क्यानडाको स्थानीय ओन्टारियो क्लबसँग एक एकदिवसीय र अर्को टी-२० गरि दुई अभ्यास खेल खेलेको थियो। दुवै खेल नेपालले जितेको थियो।

क्यानडासँगको अभ्यास खेलपछि नेपाली टोली स्कटल्यान्ड प्रस्थान गर्नेछ। नेपालले स्कटल्यान्डमा घरेलु टोली र नामिबियासँग खेल्नेछ।

नेपालको सम्भावित प्लेइङ–११ 

कुशल भर्तेल, आसिफ शेख, देव खनाल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), आदिल अन्सारी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने (कप्तान)।

क्यानडाको सम्भावित प्लेइङ–११ 

रयान खान पठान, भूपिन्द्र सिंह, आरोन जोन्सन, हरिस ठाकेर, जिकोलस क्रेसियन, सादबिन जाफर (कप्तान), अरमान कपूर (विकेटकिपर), दिलोन हेल्जिएर, अमर खलिद, रोमेल शहजाद र सलमान नजिर।

Ddl dental
Leave A Reply

Your email address will not be published.