बोहरा मेडिको सेन्टर

स्कटल्यान्डको सिरिजमा तीन खेल जित्ने सन्दीपको लक्ष्य, होला त पूरा?

dream cafe
learnar

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले बसिर अहमद र पवन सर्राफ टिममा हुनु राम्रो संकेत भएको बताएका छन् ।

स्कटल्यान्डमा हुने लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खला अघि त्यसको तयारीका लागि क्यानाडा भ्रमण गर्ने नेपाली टिमको बिदाइ कार्यक्रममा सोमबार बोल्दै सन्दीपले सो प्रतिक्रिया दिएका हुन् ।

CNA

‘टिममा बसिर र पवन हुनु राम्रो संकेत हो । दुवै जनाले ब्याटिङ र बलिङ दुवैमा उत्तिकै राम्रो प्रदर्शन गर्छन् । हामीले उनीहरूको धेरै फाइदा उठाउनेछौँ । सकेसम्म उनीहरूलाई राम्ररी प्रयोग गरेर टिमको एउटा उपयुक्त स्थानमा राख्ने हाम्रो योजना छ,’ उनले भने ।

यस्तै,उनले नेपाललाई लिग–२ को अंकतालिकामा माथि आउन पनि स्कटल्यान्डको सिरिजमा धेरै खेल जित्नु पर्ने दबाब रहेको बताएका छन् ।

‘अहिलेको अवस्था यस्तो छ की अंक तालिकामा पनि हामी धेरै पछि परिसकेका छौँ । आउने दिनमा धेरै भन्दा धेरै खेल जितेर शीर्ष तीनमा पुग्ने हाम्रो लक्ष्य हो ।स्कटल्यान्ड र नामिबिया दुवै सन्तुलित टिम छन् । त्यो भनिरहँदा नेपाल कमजोर भने हैन । स्कटल्यान्डमा तीन खेल जित्ने हाम्रो लक्ष्य छ । अझ चार वटै खेल जित्न सके सुनमा सुगन्ध जस्तै हुन्छ । हामी अंक तालिकामा पनि माथि आउँथ्यौ,’ उनले थपे ।

GBL NEW

सन्दीपले क्यानाडामा खेल्ने खेलहरूले उस्तै भएका स्कटल्यान्डको वातावरण बुझ्न सहज हुने र त्यो खेलले डेब्यु गर्ने खेलाडीहरूलाई स्कटल्यान्ड र नामिबियासँग खेल्दा मनोबल बढाउने प्रतिक्रिया दिएका छन् ।

‘क्यानाडामा खेल्ने खेलहरू स्कटल्यान्ड भ्रमणका लागि निकै महत्त्वपूर्ण रहनेछ । त्यहाँको खेलहरूले सिक्ने मौका दिनेछ । अझ डेब्यु गर्ने खेलाडीलाई पछिल्लो सिरिजका लागि आफ्नो मनोबल बढाउने मौका रहेको छ,’ उनले भने ।

क्यानाडामा नेपाली टिमले जुलाई एकमा ओन्टारियोसँग अभ्यास खेल खेल्नेछ भने जुलाई ४ र ५ मा क्यानाडासँग एक दिवसीय खेल खेल्नेछ ।

त्यसपछि, नेपाली टिमले नामिबिया सम्मिलित एक दिवसीय शृङ्खला जुलाई ११ देखि १७ सम्म स्कटल्यान्डमा खेल्नेछ ।

नेपालले आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाका लागि स्कटल्यान्ड भ्रमण गर्नुअघि त्यसको तयारी स्वरूप क्यानाडासँगको सिरिज खेल्न लागेको हो ।

नेपाली टिमः

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, दिपेन्दसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, आरिफ शेख, सोमपाल कामी, करण केसी, बासिर अहमद, पवन सर्राफ, विनोद भण्डारी, आदिल अन्सरि, किसोर महत्तो

Ddl dental
Leave A Reply

Your email address will not be published.