
काठमाडौँ : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।
आज (शुक्रबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको प्रवक्ता जयन्ती सत्यालले जानकारी दिइन् ।


परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।




