बोहरा मेडिको सेन्टर

राष्ट्रपति रनिङ शिल्डका विजेतामाथि वर्षियो सम्मान, नाथ र चटाैतलाई मल्लले दिए ५० हजार

dream cafe
learnar

डडेल्धुरा : १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै डडेल्धुराको नाम राष्ट्रिय स्तरमा चिनाउन सफल दुई खेलाडीलाई नगद सम्मान प्रदान गरिने भएको छ।

अमरगढी नगरपालिका–४ खलंगाका समाजसेवी विनय प्रकाश मल्ल ले स्वर्ण पदक विजेता बिक्रम नाथलाई ३० हजार रुपैयाँ तथा रजत पदक विजेता बिजया चटौत लाई २० हजार रुपैयाँ नगद सम्मान प्रदान गर्ने घोषणा गरेका हुन्।

CNA

हाल जापानमा रहेका मल्लले परशुराम नगरपालिका–५ निवासी प्रतिभावान खेलाडी बिक्रम नाथले स्वर्ण पदक जितेर जिल्लाको गौरव बढाएको भन्दै बधाई ज्ञापन गरेका छन्।

GBL NEW

यस्तै, भागेश्वर गाउँपालिका–४ की खेलाडी विजया चटौतले रजत पदक जितेर उत्कृष्ट उपलब्धि हासिल गरेको भन्दै उनको पनि प्रशंसा गरेका छन्।

नाथले लङजम्प, ट्रिपल जम्पमा स्वर्ण र विजयाले दुईसय मिटर दाैडमा रजत  पदक जितेकी हुन्।

घोषणा अनुसार दुवै खेलाडीलाई प्रदान गरिने ५० हजार रुपैयाँ बराबरको सम्मान रकम उनीहरू अध्ययनरत विद्यालयमार्फत हस्तान्तरण गरिनेछ।

मल्लले दुवै खेलाडीको उज्ज्वल भविष्यको कामना गर्दै खेल क्षेत्रबाट अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.