विदेशमा रहेका नेपालीको मताधिकारबारे डडेल्धुरामा बहस

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा विदेशमा भएका नेपाली नागरिकहरुका लागि मताधिकार विषयक लघु अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघ, काठमाडौंको आयोजनामा तथा महासंघ डडेल्धुराको समन्वयमा आज जिल्ला सदरमुकाममा कार्यक्रम सम्पन्न भएको हो।

Arthik

कार्यक्रममा सूचनाको हक, विदेशमा भएका नेपाली नागरिकका लागि मताधिकारको व्यवस्था, निर्वाचनमा देखिएको मतदान प्रवृत्ति, मताधिकारको महत्व, निर्वाचनको भूमिका तथा लोकतान्त्रिक अभ्यासलाई थप प्रभावकारी बनाउने उपायबारे छलफल गरिएको थियो।

प्राध्यापक चिरञ्जीवी खनालले ‘मताधिकार र यसको प्रभाव’ विषयमा प्रस्तुति दिँदै लोकतन्त्रको सफल कार्यान्वयनका लागि मताधिकारको सम्मान र यसको प्रभावकारी प्रयोग अपरिहार्य रहेको बताए। उनले निर्वाचन सम्बन्धि मौजदा कानुनको बारेमा समेत जानकारी दिएका थिए।

खाद्य

त्यसैगरी सहजकर्ता किरण पौडेलले ‘निर्वाचन र यसको महत्व’ विषयमा प्रस्तुति प्रस्तुत गर्दै निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाको प्रमुख आधार भएको उल्लेख गरे।

सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्दले कार्यक्रमको उद्देश्य, लोकतान्त्रिक सहभागिता विस्तार, नागरिक सचेतनाको आवश्यकता र सूचनाको हककोे बारेमा धारणा राखेका थिए।

महासंघ डडेल्धुराका अध्यक्ष बाबुराम श्रेष्ठले जिल्लाको समग्र अवस्था तथा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा देखिएको मतदान प्रवृत्ति र नागरिक सहभागितासम्बन्धी तथ्य प्रस्तुत गरेका थिए।

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले विदेशमा रहेका नेपालीले पनि मताधिकार गर्न पाउनु उनीहरुको नैैसर्गिक अधिकार रहेको बताए। उनले त्यसका लागि निर्वाचन सम्बन्धि ऐन, कानुनहरु संशोधन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्ने विषयमा सामूहिक छलफल भएको थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.