बिरामी बितेपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

dream cafe
learnar

धनगढी : धनगढीको नवजीवन अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि मृतककका आफन्त आक्रोशित बनेका छन्।

कैलालीको गोदावरी नगरपालिका–६ लालपुरकी २२ वर्षीया सनम बिकको बिहानीपखत उपचारको क्रममा मृत्यु भएपछि चिकित्सकमाथि लापरबाहीको आरोप लगाइएको छ।

GBL NEW

जिल्ला प्रहरी कार्यालयका अनुसार बिरामीको यसअघि जेठ ९ गते टन्सिलको शल्यक्रिया गरिएको थियो। तर, हिजो मुखबाट रगत बग्न थालेपछि अस्पताल भर्ना गरियो।

उनको उपचारको क्रममा आज बिहान निधन भएको हो।

मृतकका परिवारजन र आफन्तले अस्पतालले उचित क्षतिपूर्ति दिनुपर्ने, घटनाको छानबिन गरी चिकित्सकलाई करबाही गर्नुपर्ने माग राखेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.