बोहरा मेडिको सेन्टर

डडेल्धुरामा मासुको अचार तालिम सुरु

dream cafe
learnar

डडेल्धुरा : घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको आयोजनामा ‘मटन, चिकेन एण्ड पोर्क अचार’ सम्बन्धी सात दिने सीप विकास तालिम सुरु भएको छ।

जेठ ७ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने तालिममा मासुको अचार बनाउने, लेभलिङ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ।

CNA

घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका कार्यक्रम सहजकर्ता जोगराज ऐरले तालिम महिलामैत्री, सहज र कम लगानीमा सञ्चालन गर्न सकिने प्रकृतिको रहेको बताए।

उनले तालिमपछि धेरैले सिकेको सीपलाई व्यवहारमा लागू नगर्ने परिपाटी रहेको उल्लेख गर्दै सहभागीलाई सिकेको ज्ञानलाई उत्पादनमूलक काममा प्रयोग गर्न आग्रह गरे।

GBL NEW

उनले भने, ‘सिकेको कुरालाई व्यवहारमा लागू गर्न सकिए आयआर्जन बढ्छ। लेभलिङ र प्याकेजिङमा ध्यान दिन सके बजार विस्तार गर्न सहज हुन्छ। घरभित्र मात्रै सीमित नहुनुहोस्।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा डडेल्धुराका अध्यक्ष हिक्मत सिंहले गाउँस्तरबाट महिलाको सहभागिता बढाउन सके यस्ता तालिम अझ प्रभावकारी हुने बताए।

उनले जिल्लामै गुणस्तरीय अचार नपाइने समस्या रहेको उल्लेख गर्दै डडेल्धुराको अचारलाई ब्रान्डका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

उनले भने, ‘सिकेको सीप व्यवहारमा लागू गर्न सकियो भने व्यापार फस्टाउँछ। उपभोक्ताको विश्वास जित्न गुणस्तरमा ध्यान दिनुपर्छ।’

घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका कार्यालय प्रमुख केशवसिंह भण्डारीले तालिमको उद्देश्य ज्ञान र सीप हस्तान्तरणसँगै स्वरोजगार र आत्मनिर्भरता विकास गर्नु रहेको बताए।

उनले भने, ‘महिलालाई चुलोचौकोमा मात्रै सीमित नराखी व्यवसायिक क्षेत्रमा जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। एक घर, एक उद्यमको अवधारणालाई अघि बढाउन खोजिएको छ।’

भण्डारीले अचार व्यवसायबाट राम्रो आम्दानी गरिरहेका उदाहरणहरू थुप्रै रहेको उल्लेख गर्दै जिल्लामा कुखुरा र खसी बिक्री नहुने समस्याको समाधान अचार उद्योगमार्फत गर्न सकिने बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.