
डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय बझाङको इन्चार्जको जिम्मेवारी प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोरालाई दिइएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले उनलाई काजमा बझाङ सरुवा गर्दै कार्यालय प्रमुखको जिम्मेवारी दिएको हो ।

बझाङका तत्कालीन प्रमुख डीएसपी खगेन्द्र धमला ‘पुलिस लिडरसिप एण्ड स्टाफ कोर्स’ ब्याच–२ मा सहभागी हुन गएपछि कार्यालय प्रमुखको पद रिक्त रहेको थियो ।
डीएसपी जोराले यसअघि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयमा रहेर काम गरेका थिए ।




