बोहरा मेडिको सेन्टर

हत्या आरोपमा पक्राउ परिन् बेलडाँडीकि उपाध्यक्ष नाथ

dream cafe
learnar

डडेल्धुरा : कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार नाथलाई बिहीबार महेन्द्रनगरबाट पक्राउ गरिएको हो ।

CNA

उनीमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ र हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

यो प्रकरण गत वर्ष वैशाख ९ गते बेलौरी नगरपालिका–१० शिवनगरस्थित घटियाघाट रोड नजिकै मोटरसाइकलसहित जलेको अवस्थामा फेला परेको हरिकिसन रानाको शवसँग सम्बन्धित छ।

GBL NEW

सुरुदेखि नै उक्त घटना दुर्घटना वा योजनाबद्ध हत्या भन्ने कोणबाट अनुसन्धान हुँदै आएको थियो।

मृतककी पत्नी फिरियादेवी राना ले उपाध्यक्ष नाथविरुद्ध किटानी जाहेरी दिँदै आर्थिक लेनदेनको विवादका कारण धम्की र ज्यान मार्ने षड्यन्त्र गरिएको आरोप लगाएकी छन्।

जाहेरीमा कृषि अनुदान दिलाउने बहानामा ठूलो रकम असुल्न खोजिएको र रकम नदिएपछि बारम्बार धम्की दिइएको उल्लेख छ।

उक्त जाहेरीकै आधारमा प्रहरीले नाथलाई पक्राउ गरेको जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसैबीच नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कमल राना नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

पक्राउ परेकी नाथको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल मा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

Ddl dental
Leave A Reply

Your email address will not be published.