डडेल्धुरामा प्रहरी कार्यालय नजिकै आत्महत्या, प्रहरी ड्राइभरमाथि आरोप, केछ सुसाइड नोटमा ?

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–४ मा बस्दै आएकी एक महिलाले आत्महत्या गरेकी छन्।

आत्महत्या गर्नेमा भागेश्वर गाउँपालिका घर भई हाल जिल्ला सदरमुकाम क्षेत्रमा बस्दै आएकी सरिता गिरी (गिरी सानि) रहेको खुलेको छ।

Amargadhi Education

आज बिहान आत्महत्या गरेकी गिरीका श्रीमान् विगत १५ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका छन्।

आत्महत्याअघि उनले सामाजिक सञ्जाल फेसबुकमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत एक प्रहरीको फोटो तथा भिडियोसहित लामो सुसाइड नोट लेखेकी थिइन्।

नोटमा उल्लेख गरिएका व्यक्ति जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत ड्राइभर यज्ञ साउद रहेको बताइएको छ।

अजयमेरु फाैजी केरा

मृतक महिलाको ती प्रहरीसँग अनैतिक सम्बन्ध रहेको बताइन्छ। मृतक गिरीले आफूलाई लामो समयदेखि मानसिक रूपमा दबाब दिइएको उल्लेख गरेकी छन्।

सुसाइड नोटमा उनले पीडादायी शब्दमा लेखेकी छन्, ‘मलाई मर्न बाध्य बनाइस, मरेर के गर्छस् गर भनिस…’

उनले आफूसँग भएको पैसा र सुनसमेत उक्त प्रहरीले लगेको दाबी गर्दै छोराको भविष्यप्रति चिन्ता व्यक्त गरेकी छन्।

नोटमा लेखिएको छ, ‘मसँग भएको पैसा सबै लगिस, आफ्नो घर बनाइस। मैले दिएको त्यहीँ पन्ध्र लाख रुपैयाँ मेरो छोरालाई दिनु। कसैले पढाइ देलान्। आमा भएर जन्म दिएँ तर तिमीलाई हुर्काउन सकेन, छोरा माफ गरिदिनु। तिमीले लगेको सुन पनि मेरो छोरालाई दिनु।’

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी बरुणबहादुर सिंहका अनुसार घटनामा संलग्न रहेको आरोपमा प्रहरी ड्राइभर साउदलाई नियन्त्रणमा लिइएको छ।

परिवारजन आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.