बोहरा मेडिको सेन्टर

जापान जाने सपना बोकेका युवाका लागि डडेल्धुरामा भाषा कक्षा

dream cafe
learnar

डडेल्धुरा : लामो समयदेखि जापानी भाषा सिकाउँदै आएको वीरकौशल्या एब्र्रोड स्टडी प्रालिले डडेल्धुरामा पनि आफ्नो शाखा सञ्चालनमा ल्याएको छ।

अध्ययनसँगै जापानमा रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले जापानी भाषा कक्षा सञ्चालन गरिएको हो।

CNA

वीरकौशल्याको हाल कैलालीको धनगढी, अत्तरिया तथा काठमाडौंमा शाखा सञ्चालनमा रहेका छन्।

सुदूरपश्चिमका पहाडी जिल्लाका विद्यार्थीलाई लक्षित गर्दै डडेल्धुरामा नयाँ शाखा स्थापना गरी जापानी भाषा अध्यापन सुरु गरिएको हो।

GBL NEW

जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडा चोक नजिकै शाखा स्थापना गरी कक्षा सञ्चालन गरिएको वीरकौशल्या एब्र्रोड स्टडीका सञ्चालक विज्ञान सिंहले जानकारी दिए।

शाखाको सोमबार औपचारिक उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा अधिवक्ता हरि भट्टले रिबन काटेर शाखाको उद्घाटन गरेका थिए।

सञ्चालक सिंहका अनुसार उनी स्वयं विगत १० वर्ष जापानमा बसोबास गरी नेपाल फर्किएपछि भाषा कक्षा सञ्चालन गर्दै आएका छन्।

डडेल्धुरा शाखामा पनि जापानमा लामो समय बसेर फर्किएका अनुभवी शिक्षकहरूले जापानी भाषा कक्षा सञ्चालन गर्नेछन्।

विदेश, विशेष गरी जापान जाने युवाहरूको आकर्षण बढ्दै गइरहेका बेला सुदूरपश्चिमका पहाडी जिल्लाका न्यून आय भएका युवाहरूलाई लक्षित गर्दै शाखा स्थापना गरिएको सिंहले बताए।

उनका अनुसार भाषा सिक्न काठमाडौं, कैलाली वा अन्य सहर जानु पर्दा महँगो पर्ने भएकाले स्थानीय स्तरमै कम लगानीमा भाषा कक्षा पास गरी जापानमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गरिएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.