‘मलाई कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला’

dream cafe
learnar

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सिफारिस भएसँगै आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अनौठो शैलीमा आफ्नो पहिलो घोषणा सार्वजनिक गरेका छन्।

GBL NEW

पुनले सामाजिक सञ्जालमार्फत आफूलाई कसैले बधाई दिन फोन वा माला–खादा लिएर घरमा नआउन आग्रह गरेका छन्।

बोहरा मेडिको सेन्टर

बरु शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने ठोस योजना र विचारहरू पठाउन आग्रह गर्दै उनले भनेका छन्, ‘आईडिया छ भने मेरो ह्वाटसपमा पठाउनु होला।’

उनले मन्त्री पदलाई औपचारिक हैसियतले नभई जिम्मेवारीको रूपमा लिनुपर्ने भन्दै कसैले पनि आफूलाई ‘मन्त्री’ नबोलाउन अनुरोध गरेका छन्। ‘कसैलाई मन्त्री भन्नै रहर भए ‘कवाडी वैज्ञानिक मन्त्री भन्नु होला, पुनले भने।

Ddl dental
Leave A Reply

Your email address will not be published.