बोहरा मेडिको सेन्टर

खगराज पत्नी मन्जु ‘फायर’, मालले २० वर्ष घर बसेकी स्वास्नीलाई सांसद बनाएको आरोप

dream cafe
learnar

डडेल्धुरा : यति बेला माओवादी केन्द्र सुदूरपश्चिमको विवाद सतहमा पुगेको छ।

माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट हटाइएका नेता खगराज भट्टको सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी समेत खोसिएपछि विवाद सतहमा पुगेको हो।

CNA

भट्टले आफूमाथि अन्याय भएको र आफ्नो ३४ वर्षको राजनीति जीवन सिध्याउने डिजाईन स्वीकार्य नहुने चेतावनी दिएका थिए।

भट्टलाई इंगित गर्दै सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष मानसिंह मालले विवादको मुख्य समस्या आत्मकेन्द्रित व्यक्तिवाद रहेको बताएपछि भट्ट पत्नी मन्जु बम फायर भएकी छन्।

मालको पोष्टमा कमेन्ट गर्दै बमले २० वर्षसम्म घर बसेकी स्वास्नीलाई एक नम्बर सामानुपातिक उम्मेदवार बनाएर सांसद बनाएको आरोप लगाएकी छन्।

GBL NEW

माल पत्नी गितादेवी माल सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री रहेकी छन्।

बमले लेखेकी छन्, ‘मैले टिकट पाएन भने विस वर्षसम्म घर बसेकी स्वास्नीलाई एक नम्बर सामानुपातिक राख्नु पर्छ भनेर नेतृत्वलाई दवाव दिने तपाई त हो। त्यहीबाट चरम आत्मकेन्द्रित व्यक्तिवाद सुरु भएको आम कार्यकर्ता लाई थाहा छैन र ? के ठुला कुरा गछौं ?’

माघ १२ गते माओवादी बहुमत संसदीय दलका सदस्यहरूले भट्टलाई दलको नेताबाट हटाएर अर्का प्रदेश सभा सदस्य मानबहादुर धामीलाई दल नेता बनाएका थिए। भट्टलाई संसदीय दलको नेताबाट हटाउन गितादेवीले हस्ताक्षर गरेकी थिइन्।

र, यो पनि :

आफ्नो ३४ वर्षको राजनीति जीवन सिध्याउने डिजाईन अस्वीकार्य : खगराज भट्ट

खगराजलाई इंगित गर्दै मालले लेखे–विवादको मुख्य समस्या आत्मकेन्द्रित व्यक्तिवाद हो

 

Ddl dental
Leave A Reply

Your email address will not be published.