आलोक मल्टी कन्सर्नले क्षतिग्रस्त सुदूरका सरकारी कार्यालयमा कुर्सी र टेबल सहयोग गर्ने

dream cafe
learnar

डडेल्धुरा : धनगढी–४ चटकपुरस्थित आलोक मल्टी कन्सर्नले क्षतिग्रस्त सुदूरपश्चिमका सरकारी कार्यालयमा कुर्सी र टेबल सहयोग गर्ने भएको छ।

भदौ २४ गते भएको जेन्जी आन्दोलनका कारण सुदूरपश्चिम प्रदेशभरिका विभिन्न मन्त्रालय, सरकारी कार्यालयहरू तथा स्थानीय निकायमा भएको क्षति तथा आगजनीबाट तत्काल सेवा सञ्चालनमा कठिनाइ भएको अवस्थालाई मध्यनजर गर्दै सहयोगको घोषण गरेको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

कन्सर्नले एक सूचना मार्फत प्रदेशभरिकै क्षति पुगेका सरकारी कार्यालयहरूको सहज सेवा सञ्चालनका लागि एकथान अफिस टेबल र एकथान घुम्ने कुर्सी निशुल्क दिने घोषणा गरेको हो। सम्पर्क गर्न नसकिने टाढा–टाढाका कार्यालयहरूले पनि यसै सूचनालाई आधार मानी सम्पर्क गर्न आग्रह गरिएको छ।

समाज, समुदाय र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कम्पनीले भविष्यमा पनि यस्ता सहकार्यका कार्यक्रमलाई निरन्तरता दिने आलोक मल्टी कन्सर्नका प्रवन्ध निर्देशक भोजराज भट्टले जानकारी दिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.