मन्त्रीमा रामेश्वर र कुलमानको नाम टुङ्गियो, गृहमा हर्कको दाबी

dream cafe
learnar

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले दुई जना मन्त्री टुङ्गो लगाएकी छन्। अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुङ्गो लागेको हो।

प्रधानमन्त्री कार्कीले उनीहरूसँग सुरुमा फोनमा कुराकानी गरेकी थिइन्। त्यसपछि प्रधानमन्त्री कार्यालयमै बोलाएर छलफल गरी टुङ्गो लगाइएको हो।

Amargadhi Education

यसबाहेक ओमप्रकाश अर्याललाई पनि मन्त्री बन्न प्रस्ताव गरिएको छ। अर्यालले भने आफू सरकार बाहिरै रहेर सहयोग गर्ने बताइरहेका छन्।

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन्। ऊर्जामन्त्रालयएको जिम्मेवारी सम्हाल्ने घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्।

अजयमेरु फाैजी केरा

गृहमन्त्री माग गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रधानमन्त्री निवास बालुवाटार पुगेको खुलेको छ। साम्पाङ आइतबार बिहानै ७ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका खुलेको हो।

उनले प्रधानमन्त्री कार्कीसँग भेट्न अनुमति मागेका थिए।

बालुवाटारका सुरक्षाकर्मीहरूले साम्पाङलाई सुरूमा भित्र प्रवेश गर्न दिएका थिएनन्। लामो समयसम्म पनि पर्खेर साम्पाङले भेट्न अनुरोध गरेपछि सुरक्षाकर्मीले परिसरभित्र प्रवेश दिएको जनाइएको छ। तर, साम्पाङ भेट्न नपाइ फर्किएका छन्।

धरानका मेयर हर्क साम्पाङले यसअघि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने पनि भने थिए। युवाहरूको समर्थन आफूलाई भएको बताउँदै उनी जङ्गी अड्डासमेत पुगेका थिए।

त्यसैगरी, नेपाल प्रहरीका पूर्व आइजिपी सर्वेन्द्र खनाल पनि शनिवार साँझ प्रधानमन्त्री निवास पुगेको पाइएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.