अछाममा छाउ बार्न त्रिपालमा बसेका दुईजनाको मृत्यु, एक जना गम्भीर 

dream cafe
learnar

अछाम : अछाममा छाउपडी (महिनावारी) बारेर त्रिपालमा बसेकी एक महिला र एक बालिकाको ढुंगाले लागेर मृत्यु भएको छ।

 पञ्चदेवल विनायक नगरपालिका-८ बरालामा सेरापानीस्थित चुरेखोली टोलमा महिनावारी बार्न बारीमा त्रिपाल टाँगिरहेको अवस्थामा ढुंगा खस्दा २८ वर्षीया निम खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको ज्यान गएको अछाम प्रहरी प्रमुख डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।

बोहरा मेडिको सेन्टर
GBL NEW

मृतक बालिकाकी आमा ३६ वर्षीया रत्नकला भण्डारीको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि सुर्खेत पठाइएको डीएसपी खनालले बताए।

गए राति स्थानीय चुरकुली भन्ने स्थानमा महिनावारी भएको भन्दै घरको आँगनमा त्रिपालमुनि सुतेका तीन जनालाई माथिबाट आएको ढुंगा लागेको प्रहरीको भनाइ छ।

अछाममा छाउगोठ भत्काइए महिनावारी हुँदा महिलाहरू त्रिपालमुनि र ओडारमा बस्न थालेका छन्।

२०६३ यता अछाममा मात्रै छाउगोठ र त्रिपाल टाँगेर बसेका १९ जना महिला तथा किशोरीको ज्यान गइसकेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.