बडिमालिका दर्शन गरेर फर्किँदा लडेर पूर्वमन्त्रीका छोराको निधन

dream cafe
learnar

बाजुरा : बाजुराको बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा लडेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पूर्व शिक्षा मन्त्री देवीप्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लव ओझा रहेका छन्।

Amargadhi Education

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी इकबाल हवारीका अनुसार विप्लव बडिमालिका मन्दिरबाट करिब एक घण्टाको दूरीमा तल झर्ने क्रममा करिब ७ सय मिटर तल खोचमा खसेका थिए।

अजयमेरु फाैजी केरा

प्रहरीले बिहान साढे ८ बजे मात्र घटनाको जानकारी पाएको र शव निकाल्ने कार्य भइरहेको जनाएको छ।

काठमाडौं महानगरपालिका–५ गोकर्णेश्वरका स्थायी बासिन्दा ओझा राति नै बडिमालिकाबाट फर्किएको अनुमान गरिएको छ।

अँध्यारोमा यात्रा गर्दा भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

आज साउन २३ गते बडिमालिकामा विशेष पूजा चलिरहेको छ। शक्तिपीठका रूपमा प्रसिद्ध बडिमालिकासँगै बुढीनन्दामा पनि पूजा आरम्भ भएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.