डिजिटल परशुराममा २ वर्षसम्म जोडिएन टावरमा बिजुली, श्रमदानमा ठडिए पोल

dream cafe
learnar
  • अर्जुन धामी

परशुराम(डडेल्धुरा) : नेपाल टेलिकमको रिपिटर टावर निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि अझैसम्म सञ्चालनमा आउन नसकेको गुनासो परशुराम नगरपालिका–१ का स्थानीयहरूले गरेका छन्।

बोहरा मेडिको सेन्टर

सालौनस्थित कालिका सामुदायिक वनको खरिखान जंगलमा निर्माण सम्पन्न गरिएको टावरमा विद्युत् आपूर्ति नहुँदा सेवा सुरु हुन सकेको छैन।

परिणामस्वरूप वडा नं. १ का अधिकांश गाउँका बासिन्दा टेलिफोन संजाल तथा सञ्चार सेवाबाट वञ्चित हुन बाध्य छन्।

GBL NEW

स्थानीयका अनुसार टावर सञ्चालनका लागि नगरपालिकासँग पटक–पटक माग गरिए पनि बेवास्ता गरिएको छ।

अन्ततः शनिवार वडाध्यक्ष लालबहादुर धामीको अगुवाइमा स्थानीय युवाहरूको सक्रियतामा श्रमदानमार्फत विद्युत पोल बोक्दै टावरतर्फ लैजाने कार्य सुरु गरिएको हो।

स्थानीय युवा केशवराज अवस्थीका अनुसार जनश्रमदानबाट १० वटा पोलहरू काँधमा बोक्दै जंगलमार्ग हुँदै गन्तव्यसम्म पुर्याएर ठड्याउने काम गरिएको हो।

“दुई वर्षदेखि टावर बने पनि काम नगरेको देख्दा हामी सबैलाई दुःख लागिरहेको थियो,” उनले भने, “अब जनश्रमदानबाट भए पनि टावर सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छौँ।”

डिजिटल सिटीको नारा चलिरहेका बेला पनि दुई वर्षसम्म एक टावरमा विद्युत् जडान नहुनु र सम्बन्धित निकायको चासो नहुनु स्थानीय स्तरमा असन्तोषको विषय बनेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.