काठमाडौं महानगरमा ‘शक्तिसंघर्ष’, खैलाबैला मच्चाएर कहाँ गएका थिए बालेन ?

dream cafe
learnar

डडेल्धुरा  : काठमाडौं महानगरपालिकामा ‘शक्तिसंघर्ष’ चरम सीमामा पुगेको छ।

मेयर बालेन्द्र शाह (बालेन) को निर्देशन विपरीत विवादास्पद प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यकक्षको ताल्चा फोडेर हाजिर भएका छन्।

Amargadhi Education

गुरागाईंलाई कार्यालय प्रवेश रोक्न खोज्दा महानगर प्रहरी र कर्मचारी तथा जप्रतिनिधिबीच तनावको अवस्था सिर्जना भयो।

तर, अन्ततः उपमेयर सुनिता डंगोलको अगुवाइमा वडाध्यक्ष र कर्मचारीहरूको साथमा उनलाई कार्यकक्षमा प्रवेश गराइयो।

एकातिर ठेलमठेल, अर्कातिर मेयर शाह लस्सीमा मग्न !

महानगरभित्र गम्भीर द्वन्द्व चलिरहँदा मेयर शाह भने काभ्रेको पाँचखालमा लस्सी पिउँदै रहेको खबर बाहिरिएको छ।

अजयमेरु फाैजी केरा

ठीक एक हप्ता अघि उनले फेसबुकमा ‘कर्मचारीहरूले तलब खान नपाए टुकुचामा गाड्छु’ भनेर चेतावनी दिएका थिए। तर, एक हप्तामै उनी महानगर छाडेर बाहिरिएको दृश्य चर्चाको विषय बनेको छ।

गुरागाईंको हाजिरी लगत्तै उपमेयर डंगोलको नेतृत्वमा आकस्मिक बैठक बसेको छ।

प्रवक्ता नवीन मानन्धरका अनुसार, बैठकले शुक्रबारदेखि महानगरका सबै आर्थिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ।

“अब भोलि नै कर्मचारीलाई तलब दिने चेक काटिन्छ, ठेकेदारहरूलाई पनि भुक्तानी हुनेछ,” प्रवक्ता मानन्धरले भने।

मेयर पक्ष आक्रोशित
तर, मेयर शाहको सचिवालयले भने गुरागाईंलाई जबर्जस्ती कार्यालयमा प्रवेश गराइएको आरोप लगाएको छ।

मेयरका स्वकीय सचिव भूपदेव शाहले भने, “आज जुन नाटक मञ्चन गरियो, त्यो केवल महानगरमै सीमित छैन, आम जनताले पनि देखेका छन्।”

गुरागाईंलाई पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पास गर्दा भ्रष्टाचार गरेको आरोपमा १०० दिनभन्दा बढी हाजिर हुन रोकिएको थियो। तर, अन्ततः ताल्चा फोडेर उनलाई कार्यकक्षमा प्रवेश गराइएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.