महर्जनको पोष्टमार्टम रिपोर्ट : छातीमा लागेको गोली ढाडबाट निस्कियो

dream cafe
learnar

काठमाडौं : राजावादीहरुले शुक्रबार आयोजना गरेको तीनकुनेको प्रदर्शनमा ज्यान गुमाएका सविन महर्जनको पोस्टमार्टम रिर्पोट सार्वजनिक भएको छ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले उनको छातीको दायाँ भाग (दाहिने कुहिनोतिर)मा गोली लागेको कारण मृत्यु भएको जनाएको छ। गोली ढाड छेडेर बाहिर निस्किएको रिपोर्टमा उल्लेख छ।

Amargadhi Education

कीर्तिपुरका महर्जन गत शुक्रबार राजावादीहरुको हिंसात्मक प्रदर्शनको क्रममा गोली लागेर ढलेका थिए।

अजयमेरु फाैजी केरा

उनलाई कसले गोली हान्यो भन्नेबारे अझै खुल्न सकेको छैन। उनी प्रदर्शनकारी थिए वा दर्शक मात्र थिए, त्यो पनि यकिन भइसकेको छैन।

पेशाले चालक रहेका उनी गाडी मर्मत गर्न घरबाट निस्किएको परिवारको भनाइ छ।राजावादीले प्रहरीको गोली लागेर महर्जनको मृत्यु भएको दावी गरिरहँदा उता गृह मन्त्रालयले भने स्वीकार गरिसकेको छैन।

गृहमन्त्री रमेश लेखकले सुरक्षा निकाय प्रमुखहरुलाई घटनामा संलग्नहरुको खोजी गरी कारबाहीका लागि निर्देशन दिएका छन्।

सोही दिन पत्रकार सुरेश रजकको पनि प्रदर्शनकारीले लगाएको आगोमा जलेर मृत्यु भएको थियो। उनको मृत्युलाई पनि शंकास्पद र रहस्यमय बनाउने नयाँ नयाँ भिडियो तथा फोटोहरु सार्वजनिक भइरहेका छन्।

उक्त घटनामा संलग्न रहेको आरोपमा हालसम्म प्रहरीले डेढ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.