आलिताल गाउँपालिकाद्वारा प्रहरी चौकी भवन हस्तान्तरण

dream cafe
learnar

डडेल्धुरा : आलिताल गाउँपालिकाले  प्रहरी चाैकी भवन हस्तान्तरण गरेको छ।

आज बिहीबार पालिका अध्यक्ष शेरसिंह पार्कीले सुदूरपश्चिमका प्रहरी महानिरीक्षक डीआईजी गणेश चन्दलाई प्रहरी चाैकी भवन हस्तान्तरण गरेका हुन्।

Amargadhi Education

प्रहरी चाैकी आलिताल गाउँपालिका-५ भीमदत्त पुरमा रहेको छ। पालिका अध्यक्ष पार्कीकाअनुसार करिब ४७ लाख ५४ हजार ७४२ रुपैयाँको लागतमा चाैकीको दुई तले भवन बनेको हो।

अजयमेरु फाैजी केरा

डीआईजी चन्दले प्रहरी शान्ति सुरक्षा र समाजको सहयोगमा खटिरहने भएकोले प्रहरीको गतिविधिबारे गुनासो भए आफूलाई फोन गर्न आग्रह गरे।

उनले भने, ´प्रहरीलाई समुदायको सहयोग आवश्यक हुन्छ त्यसका लागि नागरिक तवरबाट पनि सहयोग र समन्वय नितान्त छ।´

दरबन्दी अनुसारका प्रहरी खटाउने तर्फ सक्दो प्रयास गर्ने उनले बताए।

अध्यक्ष पार्कीले प्रहरीले हरेक अभियानमा सहयोग र समन्वय गरेको भन्दै प्रशंसा गरे।

उनले सामाजिक उत्तरदायित्वका सवालमा सँगसँगै रहने विश्वास व्यक्त गरे।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.