आलिताल गाउँपालिकाद्वारा प्रहरी चौकी भवन हस्तान्तरण

डडेल्धुरा : आलिताल गाउँपालिकाले  प्रहरी चाैकी भवन हस्तान्तरण गरेको छ।

आज बिहीबार पालिका अध्यक्ष शेरसिंह पार्कीले सुदूरपश्चिमका प्रहरी महानिरीक्षक डीआईजी गणेश चन्दलाई प्रहरी चाैकी भवन हस्तान्तरण गरेका हुन्।

प्रहरी चाैकी आलिताल गाउँपालिका-५ भीमदत्त पुरमा रहेको छ। पालिका अध्यक्ष पार्कीकाअनुसार करिब ४७ लाख ५४ हजार ७४२ रुपैयाँको लागतमा चाैकीको दुई तले भवन बनेको हो।

डीआईजी चन्दले प्रहरी शान्ति सुरक्षा र समाजको सहयोगमा खटिरहने भएकोले प्रहरीको गतिविधिबारे गुनासो भए आफूलाई फोन गर्न आग्रह गरे।

उनले भने, ´प्रहरीलाई समुदायको सहयोग आवश्यक हुन्छ त्यसका लागि नागरिक तवरबाट पनि सहयोग र समन्वय नितान्त छ।´

दरबन्दी अनुसारका प्रहरी खटाउने तर्फ सक्दो प्रयास गर्ने उनले बताए।

अध्यक्ष पार्कीले प्रहरीले हरेक अभियानमा सहयोग र समन्वय गरेको भन्दै प्रशंसा गरे।

उनले सामाजिक उत्तरदायित्वका सवालमा सँगसँगै रहने विश्वास व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.