बोहरा मेडिको सेन्टर

एशियन लाइफ डडेल्धुरा शाखाद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

dream cafe
learnar

डडेल्धुरा : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत डडेल्धुरा शाखाले अमरगढी नगरपालिका–३ स्थित श्री नीलकण्ठ आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सहयोग प्रदान गरेको हो।

CNA

शाखाले विद्यालयमा अध्ययनरत विपन्न परिवारका १५ जना छात्रछात्रालाई कापी, कलम लगायत आवश्यक शैक्षिक सामग्री वितरण गरेको इन्स्योरेन्सका शाखा प्रमुख रमेश बिष्टले जानकारी दिए।

GBL NEW

उनले विद्यालयको समग्र शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई सहयोग पुग्ने उद्देश्यले खेलकुद सामग्री समेत हस्तान्तरण गरिएको बताए।

कार्यक्रममार्फत कम्पनीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

शैक्षिक सामग्री सहयोगले विद्यार्थीको अध्ययनमा उत्साह थप्ने विद्यालयका प्रधानाध्यापक दिपक भण्डारीले विश्वास व्यक्त गरे।

इन्स्योरेन्सले आफ्नो १८औं वार्षिकोत्सव देशभर विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रम आयोजना गरी हर्षोल्लासका साथ सम्पन्न गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.