बोहरा मेडिको सेन्टर

अमरगढीमा चैत १४ देखि कृषि हाट बजार सञ्चालनमा

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा कृषि उपजको व्यवस्थित बजार व्यवस्थापनतर्फ महत्वपूर्ण पहल गरिएको छ।

स्थानीय कृषकले उत्पादन गरेको वस्तुलाई सहज रूपमा बिक्री–वितरण गर्न र उपभोक्तालाई ताजा कृषि सामग्री उपलब्ध गराउने लक्ष्यसहित कृषि थोक तथा हाट बजार सञ्चालनमा ल्याइने भएको हो।

CNA
GBL NEW

आगामी चैत १४ गते शनिबारदेखि अमरगढी नगरपालिका–५ स्थित बसपार्क पछाडिको खुला जग्गामा हाट बजार सञ्चालन गर्ने तयारी गरिएको छ। यस पहलले स्थानीय उत्पादनको बजारीकरणलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

हाट बजार सञ्चालन तथा व्यवस्थापनका लागि वडा नं. ५ का अध्यक्ष टंक बहादुर क्षेत्रीको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरिएको छ। समितिले बजारको व्यवस्थापन, सरसफाइ तथा सञ्चालनलाई प्रभावकारी बनाउने जिम्मेवारी लिनेछ।

यसैगरी बजारको अनुगमन र समन्वयलाई सुदृढ बनाउन जिल्ला समन्वय समितिका प्रमुख गगन सिंह भण्डारीको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ। उक्त समितिमा अमरगढी नगरपालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारी सदस्यका रूपमा रहेका छन्।

यस हाट बजार सञ्चालनसँगै स्थानीय कृषकलाई आफ्नो उत्पादन बिक्री गर्न स्थायी थलो प्राप्त हुने र उपभोक्ताले पनि सहज रूपमा ताजा तथा गुणस्तरीय कृषि उपज पाउने विश्वास गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.