बोहरा मेडिको सेन्टर

छोराको जितमा पार्टीले निष्कासित गरेपछि ऐन महरका बुवाको भावुक स्टाटस

dream cafe
learnar

बझाङ : प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार ऐन महर विजयी भएपछि उनका बुबा रामबहादुर महर नेपाली कांग्रेसबाट कारबाहीमा परेका छन्।

कांग्रेसका लामो समयदेखि सक्रिय कार्यकर्ता रहेका महरलाई पार्टी अनुशासनविपरीत गतिविधिमा संलग्न भएको आरोपमा जिल्ला समितिले निष्कासन गरेको हो।

CNA

आरोपअनुसार उनले निर्वाचनका क्रममा कांग्रेस उम्मेदवार प्रकाश रसाइली स्नेहीविरुद्ध गतिविधि गरेको भनिएको छ।

कारबाहीको खबर आफूले मिडियामार्फत मात्रै थाहा पाएको तर आधिकारिक पत्र अझै नपुगेको महरले बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै चुनावले ठूलो नैतिक संकट ल्याउने उल्लेख गरेका छन्।

‘म त्यो भाग्यमानी बुबा हुँ, जसको छोरा चुनाव जित्दा बुबाले छोराको पक्षमा भूमिका खेलेको भन्दै कारबाहीको डण्डा खेप्नुपरेको छ,’ उनले लेखेका छन्।

GBL NEW

महरले इतिहासका उदाहरण दिँदै संकटको बेला पिता सधैं सन्तानको संरक्षक हुने उल्लेख गरेका छन्।

आफूजस्तो नैतिक संकट कसैलाई पनि नपरोस् भन्ने कामना गर्दै उनले कारबाही गर्ने साथीहरूलाई सम्बोधन गरेका छन्।

कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई सम्बोधन गर्दै उनले छोराविरुद्ध भोट माग्न आफ्नो नैतिकताले नमानेको बताएका छन्।

‘मान्छे छोराकै लागि जेल जान्छन्, नेल खान्छन्, भ्रष्टाचारसम्म गर्छन् भने मैले त भोट मात्रै पनि नमाग्ने निर्णय गरेको हुँ,’ उनले लेखेका छन्।

व्यंग्यात्मक शैलीमा उनले ‘भिसा जुन देशको भए पनि जान तयार छु, तर भर्सक देशनिकाला नगर्नु’ भन्दै टिप्पणीसमेत गरेका छन्।

२०३५ सालदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका महर तत्कालीन सुवेडा गाविसका अध्यक्ष र कांग्रेस निकट किसान संघका पूर्व जिल्ला अध्यक्षसमेत हुन्।

उनले आफू जीवनभर कांग्रेसकै कार्यकर्ता रहने बताएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.