बोहरा मेडिको सेन्टर

डडेल्धुरामा मकै–बदाम बेच्ने भट्ट दम्पत्ति बने निर्वाचन प्रहरी

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा श्रीमान–श्रीमती दुवै निर्वाचन गराउन खटिएका छन्।

भागेश्वर गाउँपालिका–४, डुगरीका ओमप्रकाश भट्ट र पत्नी टिकेश्वरी भट्ट निर्वाचन प्रहरीमा छनौट भई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रुपमा चुनाव सम्पन्न गराउने कार्यमा खटिएका हुन्।

CNA

कमजोर आर्थिक अवस्थाका कारण निर्वाचन प्रहरीमा भर्ती भएका उनीहरुले यसअघि मकै र बदाम बेचेर जीविकोपार्जन गर्दै आएका थिए।

परिवारमा ८२ वर्षीया आमा, दश वर्षीय छोरा र ६ वर्षीया छोरी छन्। उपचार गराउन नसकेपछि बुवा गुमाएका ओमप्रकाशले आफ्ना सन्ततिलाई डाक्टर बनाउने सपना बोकेका छन्।

GBL NEW

त्यसैको लागि दिनरात भट्ट दम्पत्तिले मेहनत गरिरहेको छ। उनीहरु सिजनअनुसार मकै र बदाम (मुङ्गफली) बेचेर जीविका चलाउँछन्।

चैतदेखि असोजसम्म मकै र त्यसपछि बदाम बेच्छन्। अहिले मकैको सिजन नभएकोले निर्वाचन प्रहरीमा भर्ना भएको भट्ट दम्पत्ति बताउँछन्।

टिकेश्वरीले भनिन्, ‘चैत–वैशाखबाट मकैको सिजन शुरु हुन्छ। त्यसैले, खाली बस्नुभन्दा केही भए पनि कमाइने आशामा निर्वाचन प्रहरीमा भर्ना भएका हौं।’

निर्वाचन प्रहरी हुन पाउँदा खुशीसँगै गर्व महसुस भएको उनी बताउँछिन्।

‘केही कुरा सिकियो, केही सिकाइयो। यो उमेरमा सुरक्षाकर्मी भएर देशको सेवा गर्न पाउँदा एकदमै खुशी छौं,’ उनको भनाइ छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.