नेकपाले गर्‍यो डडेल्धुराका धानुकसहित सुदूरपश्चिमका तीन नेतालाई निष्कासन

dream cafe
learnar

डडेल्धुरा : नेपाली कम्युनिस्ट पार्टीले पार्टी विधान विपरीत गतिविधिमा संलग्न रहेको आरोपमा सुदूरपश्चिमका तीन नेतामाथि कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको छ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले फागुन १९ गते जारी गरेको पत्रअनुसार केन्द्रीय समिति सदस्य भरत धानुक (डडेल्धुरा), दलबहादुर धामी (बैतडी) र दिपेन्द्र कुँवर (बैतडी) लाई पार्टीविरुद्ध गतिविधिमा संलग्न भएको ठहर गर्दै निष्कासन गरिएको जनाएको हो।

Ird
HARDIK AGRo NEw

पत्रमा उनीहरूले पार्टीको विधान विपरीत गतिविधि गरेको उल्लेख गर्दै पार्टी विधानको दफा १०९ बमोजिम अनुशासनात्मक कारबाहीस्वरूप पार्टीबाट निष्कासन गरिएको स्पष्ट गरिएको छ।

केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायद्वारा हस्ताक्षरित उक्त निर्णय तत्काल लागू हुने जनाइएको छ।

धानुक भित्री मधेस क्षेत्रका प्रभावशाली नेताका रुपमा परिचित छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.