हङकङमा हुने टी–२० शृंखलाका लागि नेपाली टिमको घोषणा

dream cafe
learnar

काठमाडौं : हङकङमा आयोजना हुने टी-२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार बिहान रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो।

GBL NEW

रोहितको कप्तानीमा घोषणा गरिएको टिममा कुशल भुर्तेल, गुल्सन झा, करण केसी, सन्दीप जोरा, प्रतिश जिसी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, विवेक यादव, सागर ढकाल, रासिद खान, आकाश चन्द र लोकश बम परेका छन्।

तर, नियमित ओपनर ब्याटर आसिफ शेख, फास्ट बलर सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, कुशल मल्ल र अनिलकुमार साहलाई भने टिमबाहिर राखिएको छ । क्यानका अनुसार उनीहरूलाई विश्राम दिइएको हो।

हङकङमा नेपालले पपुवा न्युगिनी र हङकङसँग त्रिदेशीय टी-२० शृंखला खेल्नेछ। नेपालले पहिलो खेल आयोजक हङकङसँग मार्च ९ मा र दोस्रो खेल १२ तारिखमा हङकङसँगै खेल्नेछ । यस्तै, नेपालले तेस्रो खेल पपुवा न्युगिनीसँग मार्च १२ मा खेल्ने छ।

यस्तो छ नेपाली टिम:

 

Ddl dental
Leave A Reply

Your email address will not be published.