विवादित बनेपछि डडेल्धुरा अस्पतालको कर्मचारी भर्ती स्थगित

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पतालले मंसिर १५ मा प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धी विज्ञापन स्थगित गरेको छ।

छनोट गर्ने प्रक्रिया विवादित बनेपछि अस्पतालले विज्ञापन स्थगित गर्नु परेको हो।

बोहरा मेडिको सेन्टर

अस्पताल विकास समितिले एक सूचना मार्फत कर्मचारी सम्बन्धी विज्ञापन स्थगित गरेको जानकारी दिएका हो।

 

उसले प्राविधिक समस्या भनेर सूचना प्रकाशन गरेपनि राजनीतिक दलसँगै सरोकारवाला निकायको दबाब थेग्न नसकेर स्थगित गरेको बताइन्छ।

GBL NEW

अन्तर्वार्ता (इंटरव्यू) मार्फत मात्र कर्मचारी छनोट गर्ने प्रक्रिया अघि बढाउने भनेपछि नेपाली कांग्रेस विपीले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला मार्फत अस्पतालको ध्यानाकर्षण समेत गराएको थियो।

किस्ता किस्तामा कर्मचारी राखेर विज्ञापनको नाटक गरिएको भन्दै नेपाली कम्युनिस्ट पार्टी डडेल्धुराले समेत सूचना रद्द गर्न चेतावनी दिएको थियो।

विगतमा अस्पतालभित्र राजनीतिक भागबन्डा, आर्थिक चलखेल र कार्यकर्ता भर्तिजस्ता गतिविधिले संस्थाको विश्वसनीयता गुम्दै आएको आरोप रहँदै आएको छ।

अस्पतालले यसअघि दर्ता भइसकेका सबै आवेदन यथावत् रहने स्पष्ट गरेको छ।

श्रेणी विहीनमा नेताका आसेपासे, अन्तर्वार्तामा गीत !

Ddl dental
Leave A Reply

Your email address will not be published.