टी-ट्वान्टी सिरिज विजेता टोलीले जनही २ लाख पाउने

dream cafe
learnar

काठमाडौं :  घरेलु मैदानमा भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिज विजेता खेलाडीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सिरिज विजेता टोलीलाई जनही २ लाखले पुरस्कृत गर्ने निर्णय गरेको हो।

अजयमेरु फाैजी केरा

युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले सिरिज विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

गत चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको सिरिजमा नेपाल, पपुवा न्युगिनी र मलेसिया रहेको थियो ।

नेपालले फाइनलमा पीएनजीलाई हराएको थियो । सरकारको निर्णयसँगै १६ खेलाडीले २–२ लाख नगद पुरस्कार पाउनेछन् । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.