बोहरा मेडिको सेन्टर

प्रदेश संरचनामा विमति जनाएको रास्वपा बझाङमा हुने उपनिर्वाचन के गर्ला ?

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने भएको छ।

आगामी वैशाख १५ मा हुने बझाङ प्रदेश (१)को उपनिर्वाचनमा रास्वपाले भाग नलिने भएको हो।

CNA

निर्वाचन आयोगले बझाङको प्रदेशसभा (१)का लागि २०८१ वैशाख १५ मा मतदान हुने गरी निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेको छ।

GBL NEW

बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपछि उक्त सिट पनि रिक्त छ।

सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परी गत असार ५ मा निधन भएको थियो।

प्रतिनिधिसभा उपनिर्वाचनका लागि इलाम केन्द्रित भएको रास्वपाले बझाङको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी नदिने महामन्त्री मुकुल ढकालले बताए।

२०७९ को निर्वाचनमा प्रदेशको वर्तमान संरचनाप्रति विमति जनाएर रास्वपाले उम्मेदवारी दिएको थिएन्।

प्रदेशसभाबारे नयाँ निर्णय नलिएसम्म रास्वपाले उम्मेदवारी नदिने महामन्त्री ढकालको भनाइ छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.