ठेकेदारले ढिलासुस्ती गरेपछि कैलालीका जनप्रतिनिधि सडकमा

dream cafe
learnar

धनगढी : ठेकेदारले सडक निर्माणमा ढिलासुस्ती गरेपछि कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधि सडकमा उत्रेका छन्।

चौकीडाँडा–फल्टुडे सडक निर्माणमा एडभेन्चर–थेगिम–सनलाइट जेभी र तेडी निर्माण सेवाले चरम लापरवाही गरिरहेको भन्दै ठेकेदारलाई दबाब दिन उनीहरु सडकमा उत्रिएका हुन। डेढ वर्षमा बनिसक्नुपर्ने सडक डेढ वर्षसम्म नबनेको उनीहरुले बताएका छन्।

Amargadhi Education

निर्माण कम्पनीलाई दबाब दिनका लागि गोदावरी नगरपालिका–३, १०, ११ र १२ का वडा कार्यालयले निर्माणाधीन सडकबाटै वडाको सेवा प्रदान गरिरहेका छन्।

ठेकेदारलाई दबाब दिनका लागि दुई दिनदेखि सडकबाट सेवा प्रदान गरिरहेको वडा नम्बर १० का वडा अध्यक्ष रवीन्द्र शाहीले बताए। उनका अनुसार वडा कार्यालयबाट हुने मृत्युदर्ता, जन्मदर्ता, नागरिकता सिफारिसलगायतका सबै कार्य सडकबाटै भइरहेको छ।

‘यति गर्दा पनि निर्माण कम्पनीले सुनुवाइ गरेनन् भने हामी अत्तरिया चौकमा सडक बन्द गरेर आन्दोलन गर्छौ’, उनले भने।

अजयमेरु फाैजी केरा

चार वटै वडा कार्यालयले गतवर्ष पनि निर्माण कम्पनीको ध्यानाकर्षण गराएका थिए। पटक पटक ध्यानाकर्षण गराउँदा पनि नटेरेपछि सडकमा उत्रिनुपरेको वडा नम्बर १२ का वडा अध्यक्ष भीमबहादुर खड्काले बताए।

उनले छ वर्षसम्म सडक नबन्दा जनताले धेरै दुःख खेपिरहेको उल्लेख गरे।

वैकल्पिक राजमार्गको रुपमा हेरिएको यो बाटो बनेमा अत्तरियादेखि फल्टुडेसम्मको दूरी २२ किलोमिटर छोट्टिने जनाइएको छ। यो बाटोसँग गोदावरीका चार वटै वडा र चुरे गाउँपालिकाका चार वटा वडा जोडिने गरेको वडा अध्यक्ष खड्काले जानकारी दिए।

चौकीडाँडा–फल्टुडे जोड्ने यो सडकको सेतोपुलदेखि वडा नम्बर १० को कार्यालयसम्मको खण्डमा २.२ किलोमिटर सडक निर्माणको ठेक्का एडभेन्चर–थेगिम–सनलाइट जेभीले पाएको छ।

२०७७ भदौ ७ मा यो सडक निर्माणको लागि ठेक्का सम्झौता भएको थियो। २०७८ माघ १७ गतेसम्म ठेक्का समयावधि थियो। यो खण्डको ५० प्रतिशत काम भएको जनाइएको छ।

यसैगरी, वडा नम्बर १० को कार्यालयदेखि बान्द्रेसालसम्म तीन किलोमिटर सडक निर्माणको लागि २०७९ चैत १८ मा तेडी निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो। १८ महिनामा निर्माण कार्य सकिनुपर्ने यो खण्डको आधा पनि काम भएको छैन।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.