

धनगढी : चालु आर्थिक आर्थिक वर्ष सुरु भएको ८१ दिनपछि सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउँदै छ।

बुधबार साँझ ५ बजे प्रदेशसभामा बजेट पेस गर्ने तयारी प्रदेश सरकार छ।

मंगलबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले बजेट प्रस्तुतिका लागि साँझ ५ बजे बैठक बोलाउने निर्णय गरेको हो।
सभामुख भीमबहादुर भण्डारीका अनुसार सरकारको बजेट प्रस्तुतिका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ।


