बोहरा मेडिको सेन्टर

यी हुन् डडेल्धुरा जीप दुर्घटनामा ज्यान गुमाउने र घाइते [नामसहित]

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा जीप दुर्घटना हुँदा मृत्यु भएका र घाइतेको सनाखत भएको छ।

दुर्घटनामा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।

CNA

उनीहरुको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर बिष्टले जानकारी दिए। उनका अनुसार मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

Bohora ma 1

नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीवार बिहान उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटना भएको हो।

सो दुर्घटनामा अन्य छ जना घाइते भएका छन्।

नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला बिक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जीप चालक ३५ वर्षीय रामबहादुर साउद, गणेशबहादुर साउद र प्रकाश बिक घाइते भएको बिष्टले जानकारी दिए।

उनीहरु मध्ये बिक र रामबहादुर साउदको अवस्था गम्भीर रहेको बताइएको छ।

उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.