बोहरा मेडिको सेन्टर

डडेल्धुरामा जीप दुर्घटना : चारजनाको मृत्यु, सनाखत हुन बाँकी

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

Bohora ma 1

बिहीबार बिहान करिब ८ बजे से १ ज ७३८ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

CNA

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विष्टका अनुसार ठाँटा बजारबाट सदरमुकामतर्फ आउँदै गरेको जीप सडकबाट करिब  दुईसय पचास मिटर तल खस्दा घटनास्थलमै चार जनाको मृत्यु भएको हो।

दुर्घटनामा चार जना घाइते भएको पनि उनले जानकारी दिए। मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.