बोहरा मेडिको सेन्टर

सुदूरपश्चिममा गाैरा पर्व सुरु, आज बिरुडा पञ्चमी

dream cafe
learnar

डडेल्धुरा : भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज देशभर पूजाआराधनासहित मनाइँदैछ।

हिन्दू महिलाहरूले आज सप्तऋषिसहित अरुन्धतीको पूजा गर्ने परम्परा छ। डडेल्धुरालगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ।

CNA
Bohora ma 1

आजैदेखि सुदूरपश्चिमको मौलिक पर्व गौरा पनि औपचारिक रुपमा शुरु भएको छ।

आज ब्रतालु महिलाले पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौरादेवीको पूजा गर्ने चलन छ। त्यसैले आजका दिनलाई बिरुडा पञ्चमी भनिन्छ।

यो पर्वमा महिलाले श्रीमान् तथा परिवारको दीर्घायु र समृद्धिको कामना गर्ने चलन छ। सुदूरपश्चिमका गाउँघरमा देउडा खेल्ने परम्परा आजैदेखि शुरु हुन्छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.