अजयमेरुमा १८ भदौदेखि ‘अजयमेरु वृहत् खेलकुद तथा सांस्कृतिक महोत्सव’

dream cafe
learnar

डडेल्धुरा : अजयमेरु गाउँपालिका–२ चमडामा १८ भदौदेखि २१ भदौसम्म ‘अजयमेरु वृहत् खेलकुद तथा सांस्कृतिक महोत्सव’ हुने भएको छ।

वडा नम्बर २ को आयोजनामा हुने महोत्सवको जानकारी बुधबार भद्रपुरमा पत्रकार सम्मेलनमार्फत दिइएको हो।

बोहरा मेडिको सेन्टर

वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता शिवराज भट्टका अनुसार ऐतिहासिक अजयमेरुकोटको पुनर्निर्माणसँगै स्थानीय धार्मिक–पर्यटकीय स्थलको प्रचारप्रसार, अनारखेतीसँगै अजयमेरुकोट घुम्ने गन्तव्य निर्माण गर्न, अजयमेरु गाउँपालिका भित्रका सबै धार्मिक र ऐतिहासिक पर्यटकीय स्थलको जानकारी गराउने उद्देश्यले पनि महोत्सव गर्न लागिएको हो।

उनका अनुसार भटमास उत्पादनको पकेट क्षेत्र भएकाले उक्त बालीमा स्थानीय जनताको सहभागीतामा उत्पादन वृद्धि, तथा गौरा नाच, चैत, फाग, हुणकेली जस्ता मौलिक संस्कृतिको संरक्षणका लागि महोत्सव आयोजना गर्न लागिएको हो।

GBL NEW

चार दिनसम्म चल्ने महोत्सवमा करिब एक लाख दर्शक सहभागिता हुने अनुमान गरिएको छ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सवमा दैनिक राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहने छ।

सांस्कृतिक कार्यक्रमसँगै वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पनि हुने छ।

प्रतियोगितामा पहिलो हुने टिमलाई रु. ७०,७७७, दोस्रोलाई रु. ३०,३३३ र तेस्रोलाई रु. १५,५५५ पुरस्कार तोकिएको छ।

खेलाडी सम्बन्धित वडाको वा संस्थाको आधिकारिक पत्र र परिचयपत्रसहित मात्र सहभागिता जनाउन पाउने नियम राखिएको छ।

महोत्सव सहश्रलिङ्ग मावि चमडाको खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.