कैलाली कारागारका चार कैदी डडेल्धुरा र दुई डोटी स्थानान्तरण

dream cafe
learnar

डडेल्धुरा : कैलाली कारागार प्रशासनले झडपमा घाइते भएका थप सात कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरेको छ।

कारागारका जेलर प्रकाश ढुङ्गानाका अनुसार हिजो चार कैदीलाई डडेल्धुरा कारागार र तीन जनालाई डोटी कारागारमा स्थानान्तरण गरिएको हो।

बोहरा मेडिको सेन्टर

यसअघि तीन कैदीलाई कञ्चनपुर, एक जनालाई नवलपरासी र तीन जनालाई काठमाडौं पठाइसकिएको उनले जानकारी दिए।

GBL NEW

यससँगै हालसम्म १४ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको कारागार प्रशासनले जनाएको छ।

ढुङ्गानाले अझै थप कैदीबन्दी स्थानान्तरणको प्रक्रिया अघि बढिरहेको बताए।

गत साउन २३ गते राति ब्लक ‘ए’ का कैदीहरूले ब्लक ‘बी’ का कैदीमाथि आक्रमण गर्दा एक कैदीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए।

उपचारपछि डिस्चार्ज भएका कैदीबन्दीलाई भने कारागारमा नपठाई अन्यत्र राखिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.