बोहरा मेडिको सेन्टर

अमरगढीका मनकारी वडाध्यक्ष हेमराज : जो पारिश्रमिक शिक्षा क्षेत्रमा अर्पण गर्छन्

dream cafe
learnar

डडेल्धुरा : पद पाएका अधिकांश जनप्रतिनिधि पारिश्रमिकलाई आफ्ना आवश्यकतामा खर्च गर्छन्।

जनप्रतिनिधि भनेपछि धेरैलाई अधिकार, सुविधा र पदसहितको इज्जत सम्झना आउँछ।

CNA

तर, अमरगढी नगरपालिका–२ का वडाध्यक्ष हेमराज पन्त भने फरक छन्।

उनले आफ्नो पारिश्रमिकलाई  शिक्षा क्षेत्रमा लगानी गरिरहेका छन्।

२०७९ सालको स्थानीय तहको निर्वाचनका बखत नेपाली काँग्रेसबाट उम्मेदवार बनेका उनले चुनावी प्रचारमा पारिश्रमिक नलिने घोषणा गरेका थिए।

कतिपयले त्यसलाई चुनावी जुक्ति माने। तर, आज पन्तको त्यो वाचा  शब्दमा होइन, कर्ममै देखिएको छ।

पद पाएको दिनदेखि आजसम्म आफ्नो पारिश्रमिकलाई व्यक्तिगत प्रयोगमा नलगाई शैक्षिक क्षेत्रमा अर्पण गर्दै आएका छन्, उनी।

उनले पहिलो वर्ष त्रिपुरा सुन्दरी आवि, बीरखम्बमा डेढ लाखको अक्षयकोष स्थापना गरे।

Bohora ma 1

दोस्रो वर्ष बैजनाथ मावि, मौरडामा सोही रकम बराबरको अक्षयकोष थपे।

तेस्रो वर्ष जनज्योति प्रावि, आइतमा पनि अक्षयकोष राख्ने इच्छा भए तापनि विद्यालय मर्ज हुने सम्भावनाले त्यो रोकिएको छ।

तर,  विद्यालय प्रशासनसँग समन्वय गरेर सोमबार उनले एक कार्यक्रमकाबीच शिशु कक्षादेखि कक्षा ३ सम्मका ३५ विद्यार्थीलाई नयाँ विद्यालय पोशाक (ट्रयाक सुट) वितरण गरे।

कार्यक्रममा विद्यार्थीका अभिभावकको समेत उपस्थिति थियो।

साना नानी बावुहरूको अनुहारमा मुस्कान फुल्दा उनका आँखामा पनि चमक देखिन्थ्यो।

पोशाक वितरण पश्चात् अध्यक्ष पन्तले भने, ‘यो पोशाकले उनीहरूको मनोबल बढाओस्, अझै राम्रोसँग पढून् भन्ने मेरो सानो इच्छा हो।’

वडामा विकासका लागि १०–१२ लाख मात्र बजेट बाँडफाँड हुन्छ। त्यस्तो अवस्थामा योजना बनाउनु र काम अघि बढाउनु सजिलो छैन।

उनी भन्छन्, ‘वडाको विकासका लागि लडिरहेको छु। बजेटको सिलिङ कम छ। धेरै काम गर्नुछ।’

तर, उनी इमानदारी र इच्छाशक्ति ठूलो भयो भने धेरै काम गर्न सकिने बताउँछन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.