बोहरा मेडिको सेन्टर

दार्चुला एमालेले भन्यो– लिपुलेक–कालापानी भारत–चीन व्यापार सम्झौता अस्वीकार्य

dream cafe
learnar

दार्चुला : नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी दार्चुलाले लिपुलेक–कालापानी हुँदै भारत र चीनबिच भएको भनिएको व्यापार सम्झौताप्रति कडा आपत्ति जनाएको छ।

नेपालको भूमि प्रयोग गर्दै व्यापार सम्झौता गर्ने दुई देशको सहमतिपछि भदौ ७ र ८ गते बसेको एमाले जिल्ला कमिटी बैठकले उक्त सहमतिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो।

CNA

एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले सोमबार जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आघात पुर्‍याउने गरी भएको गतिविधि अस्वीकार्य भएको स्पष्ट पारेका छन्।

Bohora ma 1

‘नेपाली भूमिमा कुनै पनि प्रकारको व्यापार, आवतजावत वा गतिविधि हुन सक्दैन। यो नेपालको सार्वभौम अधिकारमाथिको हस्तक्षेप हो’, घर्तीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एमालेले नेपाल सरकारलाई तत्कालै कूटनीतिक पहल गर्न र नेपाल–भू–अधिकारको संरक्षणका लागि ठोस कदम चाल्न जोडदार माग पनि गरेको छ।

यस घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै भारत–चीन र नेपालको त्रिपक्षीय सम्बन्धमा यसले नकारात्मक असर पार्ने चेतावनी एमालेले दिएको छ।

दार्चुला एमालेले नेपाली जनता, नागरिक समाज, बुद्धिजीवी, युवा–विद्यार्थी सबैलाई राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एकजुट हुन आह्वानसमेत गरेको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.