‘माग्ने राजा’मा मिस पविको जम्मा एक सिन, पविको अभिव्यक्तिले फिल्मलाई सकस

dream cafe
learnar

डडेल्धुरा: चलचित्र माग्ने राजा प्रदर्शनको तयारीमा छ। तर, सुटिङदेखि नै विभिन्न विवाद र चर्चा बटुल्दै आएको छ।

कहिले मुख्य कलाकार केदार घिमिरेको ६१ लाख पारिश्रमिकको विवाद, त कहिले मिस पवि (पवित्रा साँकी)ले पाँच सय टेक खाएको हल्ला।

Amargadhi Education

यी सबैले चलचित्रलाई निरन्तर मिडियाको केन्द्रमा राखेको छ।

निर्माण टिमका अनुसार केदार घिमिरेले पारिश्रमिक विवादमा स्पष्टिकरण दिइसकेका छन् र मिडियामा आएको ६१ लाखको समाचार गलत हो।

अर्कोतिर मिस पविको पाँच सय टेक खाएको हल्ला अहिले पनि चर्चामा छ।

मिडियामा मिस पविको अभिव्यक्ति र व्यवहारले चलचित्रको व्यापारमा असर पर्ने सम्भावना देखिएपछि निर्माण टिमले उनलाई सम्पर्क गरेर मनमुटाव सुल्झाउने प्रयास गरेको थियो।

अजयमेरु फाैजी केरा

मिस पवि स्वयंले ‘माग्ने राजा’ चलचित्र हेर्न नजाने भन्दै मिडियामा अन्तर्वार्ता दिँदै हिँडेपछि निर्माण टिम र उनीबीचको तिक्तता गहिरिँदै गएको प्रष्टै देखिन्छ।

कतिसम्म भने आफूले थुकिसकेको थुक नचाट्ने समेत बताएकी छन्।

भोलिबाट प्रदर्शनमा आउन लागेको चलचित्रको व्यापारलाई नै मिस पविको अभिव्यक्तिले असर गर्ने सम्भावना देखिएपछि निर्माण टिमले मिस पविसँग बसेर छलफल गर्न पनि खोजेको थियो।

तर, मिस पवि सम्पर्कमा आउन चाहेकि छैनन्।

निर्माण टिमका एक सदस्यले चलचित्रमा मिस पविको मुख्य भूमिका छैन, केवल केमियो भूमिकामा मात्र रहेको बताए।

‘चलचित्रमा उनीसँग जम्मा एउटा सिन मात्र छ। उक्त सिनमा सुदूरपश्चिमेली लवजमा बोल्ने कलाकार चाहिएको थियो, त्यसैले मिस पविलाई लिएका हौं। उहाँले सुट सकाएर डबिङ पनि पूरा गर्नुभएको छ। बजारमा फैलिएका हल्ला पूर्ण गलत हुन्,’ ती सदस्यले भने।

हाल माग्ने राजा भोलिबाट प्रदर्शनमा आउँदैछ। यसले जनै हराएको मान्छे: सम्बन्धका धागाहरू र ताराहरू चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती सामना गर्दैछ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.