बोहरा मेडिको सेन्टर

स्वास्थ्य मन्त्री पौडेल सुदूरपश्चिम आउँदै, डडेल्धुरा अस्पतालको निरीक्षण गर्ने

dream cafe
learnar

डडेल्धुरा : नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय प्रदिप पौडेल सुदूरपश्चिम प्रदेश भ्रमणमा आउने भएका छन्।

उनले डडेल्धुरालगायत प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य संस्था निरीक्षण तथा पार्टी कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

CNA

मन्त्री पौडेल भाद्र ४ गते बिहान श्री एयरलाइन्समार्फत काठमाडौंबाट धनगढी विमानस्थल अवतरण गर्नेछन्।

Bohora ma 1

त्यसपछि दिउँसो १:०० बजे गेटा अस्पतालको निरीक्षण गर्ने र दिउँसो ३:०० बजे नेपाली कांग्रेस पार्टी कार्यालय धनगढीमा पार्टी कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

भाद्र ५ गते बिहान ८:०० बजे धनगढीबाट डडेल्धुरा प्रस्थान गर्ने पौडेल दिउँसो २:०० बजे डडेल्धुरा अस्पतालको निरीक्षण गर्नेछन्।

त्यसपछि सोही दिन साँझ ५:०० बजे डोटीको शिखर नगरपालिकामा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

भाद्र ६ गते बिहान ९:०० बजे दिपायल सिलगढीस्थित दिसिनपा हलमा पार्टी कार्यकर्ता भेटघाट गर्ने र बिहान ११:०० बजे पूर्विचौकी गाउँपालिकाको १० शैयाको स्वास्थ्य भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

यसैदिन बेलुकी ६:०० बजे मन्त्री पौडेल धनगढीबाट काठमाडौं फर्किनेछन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.